पत्रकार बलराम बानियाँको दु:खद निधन प्रति इञ्जाको शोक वक्तब्य

वरिष्ठ पत्रकार बलराम बानियाँको दु:खद निधन प्रति इञ्जाको शोक वक्तब्य !
मिति : अगस्त १२, २०२०
कान्तिपुर राष्ट्रिय दैनिकसंग आवद्ध वरिष्ठ पत्रकार बलराम बानियाँको दु:खद निधन प्रति नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) गहिरो दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ । वरिष्ठ पत्रकार बानियाँको कलम सदैव प्रजातन्त्रको संरक्षण र सुशासनका पक्षमा चलेको थियो । उहांको निधनले नेपाली पत्रकारितामा अपुरणीय क्षति पुगेको छ । उहांको निधनको कारण अझै पनि प्रष्ट हुन नसकिरहेको अवस्थामा यस सम्वन्धमा आवश्यक अनुसन्धानलाई तीव्रताका साथ अगाडि वढाउन पनि इञ्जाले माग गर्दछ ।
नेपाली पत्रकारहरुकालागि हरेक क्षण क्रियाशिल इञ्जाले स्वर्गीय पत्रकार बानियाँको अन्त्येष्टिमा परिवारजनलाई सहयोग गर्ने उदेश्यले ‘ईञ्जा आपतकालिन कोष’ वाट १ लाख रुपिंया तत्कालै परिवारजनलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । यसका साथै उहांको परिवारलाई यस संकटको क्षणमा सहयोग गर्न नेपाल सरकार, पत्रकारिता सम्वद्ध संस्थाहरु तथा व्यक्तिहरुलाई पनि इञ्जा हार्दिक आह्वान गर्दछ ।
नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)
भर्जिनिया, अमेरिका
.
No photo description available.
All reactions:

You, Arjun Dahal, Isha Gurung and 37 others

  • Address Line

    HQ in Virginia, USA

  • Email Address

    injaglobal@gmail.com

  • Phone Number

    703-720-0360

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop