नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले इञ्जा पत्रकारिता अवार्ड २०२३ का लागि आवेदनहरु माग

प्रेस रिलिज!
Jan 16 2023
नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले इञ्जा पत्रकारिता अवार्ड २०२३ का लागि आवेदनहरु माग गरेको छ । अमेरिकाको भर्जिनियामा मुख्यालय रहेको इञ्जाले हरेक वर्ष १/१ लाख रुपिंया राशीको खोजी पत्रकारिता पुरस्कार, सामुदायिक पत्रकारिता पुरस्कार र विद्वत पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । इञ्जा खोजी पत्रकारिा पुरस्कार र इञ्जा सामुदायिक पुरस्कारका लागि सन् २०२२ भरी प्रकाशित वा प्रसारित आफ्नो समाचार/आलेखको एक प्रति समेत संलग्न गरी फेव्रुअरी १ सम्ममा innja.award@gmail.com मा पठाइदिन इञ्जाले आग्रह गरेको छ ।
लामो समयसम्म विश्ववैंकमा कार्य गरेका विद्वान डा. शुकदेव साहको परिवारद्वारा प्रायोजन गरिने इञ्जा विद्वत पत्रकारिता पुरस्कार पत्रकारितामा एमफिल वा पिएचडी गर्दै गरेका विद्यार्थीहरुलाई प्रदान गरिने र यसको छनोट त्रिवि पत्रकारिता तथा आमसञ्चार विभागद्वारा गठन हुने समितिमार्फत हुने व्यवस्था छ । इञ्जा विद्वत पत्रकारिता पुरस्कारका लागि आफैंले आवेदन गर्न वा अरुले सिफारिस समेत गर्न सक्ने व्यवस्था गरिएको इञ्जाले जनाएको छ ।
इञ्जाले खोजी पत्रकारिता पुरस्कार छनोटका लागि नेपाल प्रेस इन्ष्टिच्युटका अध्यक्ष तथा वरिष्ठ पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा नेपाल समाचारपत्र दैनिकका समाचार सम्पादक दीपक रिजाल र राष्ट्रिय समाचार समितिका उपप्रमुख समाचारदाता नारायण न्यौपाने रहेको समिति गठन गरेको छ भने इञ्जा सामुदायिक पत्रकारिता पुरस्कारका लागि जनता टेलिभिजनका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार टंक पन्तको संयोजकत्वमा पत्रकारद्वय दीपेन्द्र दोङ र दीपु पोखरेल रहेको समिति गठन गरेको छ । इञ्जा विद्वत पत्रकारिता पुरस्कारका लागि त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले विभागीय प्रमुख प्रा. चिरञ्जिवी खनालको संयोजकत्वमा सोही विभागका उपप्राध्यापकहरु घमराज लुइटेल र देवराज अर्याल रहेको समिति गठन गरेको छ ।
फेव्रुअरी १ सम्ममा प्राप्त आवेदनहरुहरुमाथि छानवीन गरी तोकिएका समितिहरुले फेव्रृअरी १५ मा पुरस्कार प्राप्त गर्ने व्यक्तिहरुको नाम सार्वजनिक गर्नेछन् भने मार्च १ मा आयोजना हुने इञ्जा वार्षिकोत्सवको उपलक्ष्यमा ती पुरस्कार वितरण गरिने छ । इञ्जा खोजी पत्रकारिता पुरस्कारवाट अहिलेसम्ममा पत्रकारहरु अजयवावु सिवाकोटी, टपेन्द्र कार्की, सुशिल पन्त र गजेन्द्र वुढाथोकी पुरस्कृत भइसकेका छन् भने इञ्जा ग्रामीण पत्रकारिता पुरस्कारवाट पत्रकारहरु मेनुका ढुंगाना, प्रकाश सिंह र संस्थागत तर्फ रेडियो मेलम्ची एफ र दीपा कर्ण एवं सरोज ढुंगाना पुरस्कृत भएका छन् । इञ्जा विद्वत पत्रकारिता पुरस्कारवाट यसअघि वरिष्ठ पत्रकार कपिल काफ्ले र त्रिवि पत्रकारिता विभागका उपप्राध्यापक देवराज अर्याल पुरस्कृत भइसेका छन् ।
दीपक रिजाल
सचिव
इञ्जा मुख्यालय
  • Address Line

    HQ in Virginia, USA

  • Email Address

    injaglobal@gmail.com

  • Phone Number

    703-720-0360

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop