एनपीआइ अध्यक्षमा निर्वाचित वरिष्ठ पत्रकार कोइरालालाई इञ्जाको वधाइ
Date: December 28, 2022
PRESS RELEASE
एनपीआइ अध्यक्षमा निर्वाचित वरिष्ठ पत्रकार कोइरालालाई इञ्जाको वधाइ
नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले वरिष्ठ पत्रकार तीर्थ कोइराला नेपाल प्रेस इन्ष्टिच्युट (एनपीआइ)को अध्यक्षमा दोश्रो कार्यकालको लागि सर्वसम्मत निर्वाचित हुनुभएकोमा हार्दिक वधाइ ज्ञापन गरेको छ ।
वरिष्ठ पत्रकार कोइराला इञ्जाको स्थापनाकालदेखि सल्लाहकार रहनु भएको छ । गुणस्तीय पत्रकारहरु उत्पादन गर्ने उदेश्यले एनपीआइले सन् १९८४ देखि पत्रकारिता डिप्लोमा तालिम सञ्चालन गर्नुका साथै पत्रकारहरुका निम्ति विषयगत ज्ञान अभिवृद्धिका लागि छोटा कार्यशालाहरु सञ्चालन गर्दै आएको छ ।
कान्तिपुर दैनिक, सगरमाथा दैनिक, कान्तिपुर टेलिभिजन, नेपाल साप्ताहिक, थाहा खवर डटकम लगायत थुप्रै सञ्चार माध्यमहरुमा सम्पादकीय नेतृत्व सम्हालिसक्नु भएका वरिष्ठ पत्रकार कोइरालाले नेपाल टेलिभिनजनमा कार्यकारी अध्यक्षको रुपमा भूमिका निर्वाह गनुभएको थियो भने हाल योहो टेलिभिजनमा प्रधान सम्पादकको रुपमा कार्यरत हुनुहुन्छ । इञ्जा अध्यक्ष गुणराज लुइटेलले एक विज्ञप्ति जारी गर्दै वरिष्ठ पत्रकार कोइरालाको नेतृत्वमा एनपीआइले अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल, इन्जा, युएसए